राष्ट्र बैंकले दियो भिबोर सोसाइटी र लुम्बिनीलाई अन्तिम स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्र बैंकले दियो भिबोर सोसाइटी र लुम्बिनीलाई अन्तिम स्वीकृति



काठमाडौँ २ असार ।नेपाल राष्ट्र बैंकले भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स लिमिटेडलाई मर्जरको लागि स्विकृति प्रदान गरेको छ । राष्ट्र बैंकले यी दुई संस्थालाई मर्जरमा जानका लागि बिहीबार मात्रै अन्तिम स्वीकृति प्रदान गरेको हो । जस अनुसार ख वर्गको भिबोर सोसाइटी र ग वर्गको लुम्बिनी फाइनान्स अब एक आपसमा गाभिएर एकिकृत कारोवार गर्ने भएका छन् । मर्जर पछि लुम्बिनीको नामबाट कारोवार हुने छ ।

प्रकाशित : २ असार २०७४, शुक्रबार ०९:३०