० दशमलव ६६ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

० दशमलव ६६ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ ३१ जेठ । नेप्से बुधबार ० दशमलव ६६ अंकले ओरालो लागेको छ। झिनो अंकले बजार ओरालो हो ।  बुधबार बैँकिङ , जलविधुत र इन्स्योरेन्स समुह बाहेक अरु समुहले गुमाएका छन् ।

बुधबार कारोबारमा आएका १४८ कम्पनीको ९ लाख ४८ हजार ३ सय ४ कित्ता सेयर बार ५८ करोड ७४ लाख ६५ हजार ६ सय ६ रुपैयाको कारोबार भएको छ ।

बुधबार उतपादनमुलक समुहले सबै भन्द धेरै गुमाएको छ । बुधबार उतपादनमुलक समुह ३४ दशमलव ३४ अंकले आरालो लागेको छ। बुधबार होटल समुह २९ दशमलव ०७ अंकले, अन्य समुह ५ दशमलव ७९ अंकले, विकास बैँक समुह ३ दशमलव ०६ अंकले, फाइनान्स समुह २ दशमलव ४४ अंकले ओरालो लागेको छ ।

बुधबार इन्स्योरेन्स समुह १९ दशमलव १७ अंकले, जलविधुत समुह ८ दशमलव ०३ अंकले र बैँकिङ समुह १ दशमलव १७ अंकले उकालो लागेको हो  ।

 

प्रकाशित : ३१ जेष्ठ २०७४, बुधबार ०९:३१