रास्वपाले स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

टिप्स

रास्वपाले स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा.तोसिमा कार्कीले सामाजिक सञ्जाल मार्फत पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने जानकारी दिएकी हुन् ।

उनले अस्पतालमा लाग्ने गरेको लामो लाइन, स्वास्थ्यको महंगो उपचार, गाउँगाउँमा डाक्टर र स्वास्थ्यकर्मी नपुग्नुको कारण उपचारको कमी नभई यो स्वास्थ्य प्रणालीकै कमजोरी रहेको बताइन् ।

उनले भनिन्,‘स्वास्थ्य भन्ने वित्तिकै अस्पतालको बेड र औषधि बुझ्ने गछौं । तर तपाईलाई थाहा छ ? अस्पतालको लामो लाइन, स्वास्थ्यको महंगो उपचार, गाउँगाउँमा डाक्टर र स्वास्थ्यकर्मी नपुग्नुको कारण उपचारको कमी हाईन् यो स्वास्थ्य प्रणालीकै कमजोरी हो ।’

विस्तारका निम्ति विज्ञहरू र विभागीय सदस्यहरू समेत चाहिएको बताउँदै उनले नेपालको स्वास्थ्य अवस्था बदल्नका निम्ति सबै एक हुन आवश्यक रहेको भन्दै उनले डाक्टर, नर्स, स्वास्थ्यकर्मी, जनस्वास्थ्य विज्ञहरू, स्वास्स्थ्य प्रविधिका इन्जिनियर र व्यवस्थापकहरूलाई विभागमा जोडन आह्वान गरेकी छन् ।

प्रकाशित : २३ बैशाख २०८३, बुधबार १२:३७ 6 May, 2026 12:37 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।