एभरेष्ट बैंकले ३३.३३% हकप्रद बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट बैंकले ३३.३३% हकप्रद बिक्री गर्ने



काठमाडौं ३० जेठ। एभरेष्ट बैंक लिमिटेडको असार ७ गते दर्ता किताब बन्द हुने भएको छ । बैंकले ३३ दशमलव ३३ प्रतिशत हकप्रद विक्री गर्ने भएकोले असार ७ गते दर्ता किताब बन्द हुने भएको  छ।बैंकले १ अर्ब ५० करोड ८८ लाख ८ हजार ७०० रुपैयाँको १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । बैंकको ३ :१ अनुपातमा आउने यो हकप्रदमा एनआइबीएल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्दैछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्टको चुक्ता पुँजी ४ अर्ब ६० करोड ६४ लाख २७ हजार रुपैयाँ पुगेको छ । पुँजी गत वर्षको भन्दा ६७।९६५ ले वृद्धि भएको हो ।

प्रकाशित : ३० जेष्ठ २०७४, मंगलवार ०६:५०