सन्राइज बैंक तथा ज्यापु समाज बीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सन्राइज बैंक तथा ज्यापु समाज बीच सम्झौता



काठमाडौं ३० जेठ । सन्राइज बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ज्यापु समाजमा आवद्ध सम्पूर्ण ज्यापु लगायत अन्य सरोकारवालाहरुको दैनिक जीवनसँग सम्बन्धित सामाजिक, आर्थिक, व्यवसायिक लगायत अन्य विधाहरुमा विषेश ज्ञान हासिल गरी जीवनयापनमा सहजता ल्याउने हेतुले छ लाख रुपंैयाको र्आिर्थक सहयोग प्रदान गरेको छ । उक्त सहयोग एक कार्यक्रमका बिच दुबै पक्षबाट सम्झौतापत्रमा हस्ताक्षर गरी प्रदान गरिएको छ। सम्झौतापत्रमा ज्यापु समाज,यलका अध्यक्ष प्रेम मर्हजन तथा सनराइज बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृती रत्नराज बज्राचार्यले हस्ताक्षर गर्नु भएको छ ।

उक्त कार्यक्रममा, ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरीबाबु महर्जन, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राज कुमार श्रेष्ठ, सन्राइज बैंकका नायब महाप्रबन्धक आशा राणा अधिकारी तथा ज्यापु समाज,यलका प्रतिनिधीहरु तथा सदस्यहरुको उपस्थिति रहेको थियो । सन्राइज बैंक र ज्यापु समाज बीचको आर्थिक सहयोग र संयुक्त रुपमा संचालन हुने विविध गतिविधिले समुदायमा हस्तकला वा अन्य कुनै व्यवसायमा संलग्न युवा तथा महिलाहरुमा उद्यमशीलताको विकाश हुनगई तिनीहरुको आर्थिकोपार्जनमा समेत थप सहयोग पुग्ने र यसले युवा तथा महिला सशक्तीकरणमा टेवा पुर्याउने सनराईज बैंकले बिश्वास लिएको छ ।

प्रकाशित : ३० जेष्ठ २०७४, मंगलवार ०५:४३