दुई कम्पनीको बोनश शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुई कम्पनीको बोनश शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्रिन डेभलपमेन्ट बैंकको बोनश शेयर सूचिकृत भएको हो ।

आज नेप्सेमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ८ दशमलव ०३९६ प्रतिशतका दरले ४ लाख ५८ हजार १५ कित्ता शेयर र ग्रिन डेभलपमेन्ट बैंकको ४ दशमलव ७५ प्रतिशतका दरले २ लाख ९३ हजार ९७७ दशमलव ५२१४ कित्ता शेयर सूचिकृत भएको छ । यी दुई कम्पनीको सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रकाशित : 22 April, 2026 7:03 pm