नेपाल बंगलादेश बैंकको सबै एटीएम कार्ड असार १ देखि नचल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल बंगलादेश बैंकको सबै एटीएम कार्ड असार १ देखि नचल्ने



काठमाडौं २९ जेठ।नेपाल बंगलादेश बैंकको हाल सञ्चालनमा रहेका एटीएम कार्डहरु (एससीटी तथा भिसा कार्ड ) असार १ देखि नचल्ने भएका छन् । बैंकले अहिले ग्राहकलाई प्रदान गर्दे आएको एटीएम लगायतका सम्पूर्ण डेबिट कार्ड परिमार्जन गरी नयाँ जारी गर्न लागेको हो । बैंकका अनुसार स्विच (एसडब्लुआइटीसिएच) लाई परिवर्तन गरी नेप्स (एनइपीएस) सञ्जालमार्फत कारोबार सुरु गर्न लागिएको हो । नयाँ सिस्टम परिवर्तन गर्दा यसअघि जारी गरिएका पुराना एससीटी तथा भिसा कार्डहरु चल्नेछैनन् । पुराना कार्डको सट्टामा असार १ देखि नयाँ कार्ड निःशुल्करुपमा उपलब्ध गराइनेछ । नयाँ कार्ड लिन सेवाग्राहीले आफ्नो बैंक खाता भएको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

प्रकाशित : २९ जेष्ठ २०७४, सोमबार ०७:४९