निर्यात व्यवसायी महासंघको कार्यकारी निर्देशकमा तिमल्सिना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थतन्त्र

निर्यात व्यवसायी महासंघको कार्यकारी निर्देशकमा तिमल्सिना

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

निर्यात व्यवसायी महासंघ नेपालका कार्यकारी निर्देशकमा रामसुदन तिमल्सिना नियुक्त हुनुभएको छ। महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले उहाँलाई नियुक्तिपत्र प्रदान गर्दै पदभार ग्रहण गराउनुभएको थियो। महासंघको छैठौं कार्यसमिति बैठकको निर्णयअनुसार उहाँलाई उक्त पदमा नियुक्त गरिएको हो।

देशको अर्थतन्त्र सुदृढ बनाउन निर्यात क्षेत्रको प्रमुख भूमिका रहने भएकाले यसको महत्वलाई आत्मसात् गर्दै प्रभावकारी रूपमा कार्य गर्ने अपेक्षा राखिएको अध्यक्ष घिमिरेले बताउनुभयो। साथै उहाँले नवनियुक्त कार्यकारी निर्देशक तिमल्सिनालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष देवानन्द सरावगी, उपाध्यक्ष ९वस्तुगततर्फ० किरण कुमार डंगोल तथा महासचिव शिप्रसाद भट्टले पनि तिमल्सिनालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

नवनियुक्त कार्यकारी निर्देशक तिमल्सिनाले महासंघको भिजन, मिसन तथा रणनीतिअनुसार अगाडि बढ्दै संस्थाको लक्ष्य प्राप्तिमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रकाशित : ७ बैशाख २०८३, सोमबार २०:३१ 20 April, 2026 8:31 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।