एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । एपोलो हाइड्रो पावरले निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत चैत २६ गतेदेखि सर्वसाधारणका लागि कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ सार्वजनिक गरेको हो ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । इच्छुक लगानीकर्ताले सि आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा मेरो शेयर प्रयोग गरी आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले सम्हालेको छ।आईपीओमा आवेदन दिने समय आज बैंकिङ समयभित्र मात्र रहने भएकाले समयमै आवेदन दिन लगानीकर्तालाई आग्रह गरिएको छ।

प्रकाशित : 13 April, 2026 12:35 pm