काठमाडौं । दक्षिण एसियाली मोटोपना मञ्च (साउथ एसियन ओबेसिटी फोरम–SOF) ले अप्रिल ११ मा काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय मोटोपना सम्मेलन आयोजना गर्ने भएको छ। मोटोपना र मेटाबोलिक स्वास्थ्यसम्बन्धी बढ्दो चुनौतीबारे छलफल गर्न सम्मेलनमा विभिन्न देशका विशेषज्ञ, चिकित्सक, अनुसन्धानकर्ता तथा नीति निर्माताहरू सहभागी हुनेछन्।
सम्मेलनमा बेलायत, टर्की, दक्षिण कोरिया, यूएई, श्रीलंका, पाकिस्तान, बंगलादेश र भारत लगायतका देशबाट ४० जना अन्तर्राष्ट्रिय फ्याकल्टी, १५० विदेशी प्रतिनिधि तथा नेपालभरबाट करिब ४०० राष्ट्रिय प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ।
सम्मेलनमा मोटोपनाको बढ्दो समस्या र यससँग सम्बन्धित मधुमेह, मुटुरोग, फ्याटी लिभर, हर्मोन असन्तुलन तथा अन्य मेटाबोलिक जटिलता का विषयमा विस्तृत छलफल हुनेछ। साथै मोटोपनालाई जटिल र दीर्घकालीन रोग का रूपमा बुझ्दै यसको प्रारम्भिक रोकथाम, जनचेतना र वैज्ञानिक उपचार पद्धति मा विशेष जोड दिइनेछ।
वैज्ञानिक सत्रहरूमा मोटोपना नियन्त्रणका नयाँ औषधि, जीवनशैली व्यवस्थापन, मेटाबोलिक स्वास्थ्य अनुसन्धान तथा दक्षिण एसियाली समुदायमा देखिएका विशेष चुनौतीहरू मा केन्द्रित प्रस्तुति र छलफल हुनेछ।
‘युनाइटेड अगेन्स्ट ओबेसिटी’ नारासहित सक्रिय SOF ले यस सम्मेलनमार्फत क्षेत्रीय सहकार्य, वैज्ञानिक आदानप्रदान र नीतिगत संवादलाई थप मजबुत बनाउने विश्वास लिएको छ।






Comment