काठमाडौं । नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन लिमिटेड र पब्जी मोबाइलको सहकार्यमा पब्जी मोबाइल नेसनल च्याम्पियनसिप (पीएमएनसी) नेपाल स्प्रिङ २०२६ आयोजना हुने भएको छ। पछिल्लो समय नेपालमा विस्तार भइरहेको ई-स्पोर्टस क्षेत्रलाई थप मजबुत बनाउने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना हुने भएको हो।
प्रतियोगिता यही अप्रिल १० अर्थात् आउँदो शुक्रवारदेखि मध्यपुर थिमी, भक्तपुरस्थित इन्फिनिटी लाउन्जमा सञ्चालन हुनेछ । रेडबुल र इन्फिनिक्सको सह प्रायोजकमा आयोजना हुने प्रतियोगिता दुई दिनसम्म चल्नेछ । प्रतियोगितामा देशभरका १६ टिम सहभागी हुनेछन् । पहिलो चरणमा देशभरवाट करिव १६ सय टोली यसमा सहभागी भएका थिए । विभिन्न चरण पार गर्दै उत्कृष्ट १६ टोली अहिले फाइनलमा पुगेका हुन् ।
सोही १६ टिमबीचको अन्तिम प्रतिस्पर्धा शुक्रवारबाट हुने भएको हो । प्रतियोगितामा शुक्रवार ६ र शनिवार ६ गरी कुल १२ खेल हुनेछ । सबै खेलबाट जम्मा हुने अंकका आधारमा विजेता टिम तय गरिने आयोजकले जनाएको छ । विजेतामध्ये उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष दुई टोलीले दक्षिण एसियाली स्तरको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । जहाँ भुटान, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकासहितका दक्षिण एसियाली मुलुकका पब्जी टोलीहरूको सहभागिता रहनेछ ।
सन् २०२३ देखि सहकार्य हुँदै आएको छ। त्यसयता गेमिङ अनुभव सुधार गर्ने उद्देश्यले विभिन्न पहलहरू हुँदै आएका छन्। आगामी तीन वर्षका लागि यी दुई संस्थाबीचको सहकार्यले निरन्तरता पाउने भएको छ । पछिल्लो समय वर्ल्डलिंकको वाईफाई सिक्स पनि पब्जीलगायतका अनलाइन खेलाडीहरूको रोजाइमा पर्दै आएको छ ।
आयोजकको अनुसार फाइनल खेलहरू प्रत्येक दिन दिउँसो दुई बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ । यी खेलहरू आयोजना स्थलमै उपस्थित भएर अथवा अनलाइन लाइभ स्ट्रिमिङमार्फत सहजै हेर्न सकिनेछ।
वर्ल्डलिंकले नेपालमा ई- स्पोर्ट्स प्रवर्धनप्रति कम्पनीको प्रतिबद्धता दोहोऱ्याएका छ । प्रतियोगिताको विषयमा वल्डलिंक कम्युनिकेसनका प्रमुख कार्यकारी अधिकृत केशव नेपालका अनुसार नेपालमा ई-स्पोर्टसको सम्भावना निकै ठुलो छ । यस प्रतियोगितामार्फत देशभरका प्रतिभाशाली खेलाडीहरूलाई एकीकृत मञ्च दिन यसले सहयोग पुयाउने उनको भनाइ छ।
आयोजकको अनुसार पब्जीमा ल्यान कम्पीटिशन’ अन्तर्गत यती ठुलो प्रतियोगिता नेपालकै पहिलो हो । अर्थात् भौतिक पछिल्लो तथ्यांकअनुसार नेपालमा पब्जी उपस्थितिसहित ल्यान इन्टरनेटमा आधारित भएर मोबाइल खेल्नेको संख्या करिब ३० लाख पुगेको आयोजना हुन लागेको यो ठुलो र भव्य पब्जी अनुमान छ । यस फाइनल प्रतियोगितालाई मात्रै प्रतियोगिता हुनेछ । पब्जी मोबाइलसँगको विगत करिव १० लाख दर्शकले हेर्ने अपेक्षा गरिएको तीन वर्षदेखिको सहकार्यको निरन्तरता स्वरूप छ । प्रतियोगिताका लागि उच्चस्तरीय नेटवर्क वर्ल्डलिंकले यो प्रतियोगिताका आयोजना गर्न पूर्वाधार तयार गरिएको छ । जसलाई नेपालकै लागेको हो । अहिलेसम्मकै उत्कृष्ट गेमिङ सेटअपका रूपमा वर्ल्डलिंक कम्युनिकेसन र पब्जी मोबाइलबीच तयार पारिएको आयोजकले जनाएको छ ।






Comment