काठमाडौं । सरकारले अबदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज बनाउन यो व्यवस्था लागू गरिएको हो। निर्णय चैत २३ गतेदेखि लागू हुनेछ।
यसअनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा दुई दिन बिदा हुनेछ। यद्यपि, शैक्षिक संस्थाबाहेक अन्य सरकारी कार्यालयहरूको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिनेछ।






Comment