नेप्सेमा गिरावट, १२ अर्ब १० करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा गिरावट, १२ अर्ब १० करोडकाे काराेबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ७४.७३ अंकले घटेर २७७६.३६ बिन्दुमा बन्द भएको छ। बुधबार सेन्सेटिभ इण्डेक्स ११.२१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.०२ अंक घटेको छ।

त्यसैगरी, ३४७ कम्पनीको ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा कुल १२ अर्ब १० करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

आज वाणिज्य बैंक समूहको शेयर मूल्य २.३१ प्रतिशत, विकास बैंक समूहको ३.१८ प्रतिशत, फाइनान्स समूहको ३.०३ प्रतिशत, र होटल तथा पर्यटन समूहको २.१२ प्रतिशतले घटेको छ। यसरी आज सबै १३ उपसूचक राताम्य देखिएका छन्।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । जसको मूल्य ७१ करोड ३१ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी एपीआई पावरको ४५ करोड ७२ लाख र ङादी ग्रुप पावरको ४३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

लगानीकर्ताको दृष्टिले आज रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै फाइदा कमाएका छन्। यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले नाफा पाएका हुन्। भुजुङ हाइड्रो, रिज लाइन इनर्जी, र सूर्यकुण्डका लगानीकर्ताले पनि लगभग ९.९९ प्रतिशत नाफा कमाएका छन्।

तर, आज नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै घाटा बेहोरेका छन्। यस कम्पनीका लगानीकर्ताले ९.८४ प्रतिशत घाटा भोग्नु परेको छ।

प्रकाशित : 1 April, 2026 3:27 pm