ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिप काठमाडौंमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिप काठमाडौंमा



काठमाडौं । नेपालमा वेलनेस तथा स्पा सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै ट्रान्क्यूलिटी स्पाले ग्वार्को स्थित रोयल ट्युलिप काठमाडौंमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखामा आधुनिक पूर्वाधार, अनुभवी थेरापिस्ट तथा गुणस्तरीय सेवाको संयोजनमार्फत ग्राहकहरुलाई विश्वस्तरीय सेवा प्रदान गरिन्छ।

पूर्णरुपमा सुविधा सम्पन्न यस शाखामा वेलनेसका सम्पूर्ण सुविधा जस्तै थर्मल हाईड्रो थेरापी, परम्परागत मसाज थेरापी, गुण्स्तरीय सैलुन, स्विमिङ्ग, तथा जिम सेवा प्रदान गरिन्छ। ग्राहकहरुले ललितपुरमा पनि पूर्णरुपमा सुविधा सम्पन्न वेलनेस तथा हेल्थ क्लब शाखा थप्न आग्रह गरेपछि कम्पनीले यो शाखा विस्तार गरेको हो। जहाँ थप ग्राहक महानुभावहरुलाई गुण्स्तरीय वेलनेस सेवा प्रदान गरिनेछ।

विगत २ दशकदेखि स्पा तथा वेलनेस संस्कृतिको प्रवद्र्धन गर्दै ट्रान्क्यूलिटी स्पाले देशभरि १८ वटा भन्दा धेरै शाखाहरु सञ्चालनमा ल्याईसकेको छ । अधिकाशं शाखाहरु प्रतिष्ठित होटल तथा पर्यटकीय गन्तव्यहरूमा छन् जसकारण पछिल्ला वर्षहरूमा नेपाल भ्रमणमा आउने पर्यटकबीच पनि यसको सेवा लोकप्रिय बन्दै गएको छ।

द सोल्टी काठमाडौं, र्याडिसन होटल, रमादा बाई विन्डहम, होटल शंकर, चन्द्रागिरी हिलस् रिजोर्ट, रोयल टुलिप चितवन, फिसटेल लजबाई अन्नपूर्ण, माउण्टेन ग्लोरी, सिदार्थ भिलासा लगायत देशका विभिन्न प्रतिष्ठित होटलहरूमा सेवा विस्तार गरिसकेको यस कम्पनीले मलेसियामा रहेको शाखाद्वारा पनि उत्कृष्ट सेवा प्रदान गर्दै त्यहाँका ग्राहकहरूको मन जित्न सफल भएको छ।

कम्पनीका प्रमूख परिचालन अधिकारी रनिल फैजुले नयाँ शाखा सञ्चालनले राजधानीमा उच्चस्तरीय वेलनेस सेवाको पहुँच विस्तार हुने विश्वास व्यक्त गरे। उनका अनुसार दैनिक व्यस्त जीवनशैलीबीच शारीरिक तथा मानसिक सन्तुलन कायम राख्न स्पा तथा वेलनेस सेवाको आवश्यकता बढ्दै गएको छ।

त्यस्तै, कम्पनीका अध्यक्ष भुवन फैजुले प्रमूख पर्यटकीय तथा आतिथ्य क्षेत्रमा गुणस्तरीय स्पा सेवा विस्तार गर्नु संस्थाको दीर्घकालीन रणनीति रहेको बताए। उनका अनुसार यस पहलले वेलनेस पर्यटनको विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

हाल ट्रान्क्यूलिटी स्पाले वेलनेस उद्योगमार्फत देशभर लगभग २५० रोजगारी प्रदान गर्दैआएको छ । नयाँ शाखा सञ्चालनसँगै होटलका सेवाग्राहीहरुले प्रिमियम आतिथ्य सेवासँगै एकै स्थानमा वेलनेस सुविधा उपभोग गर्न सक्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित : 1 April, 2026 3:10 pm