मार्जिन ट्रेडिङका लागि १२३ कम्पनी योग्य, सूचीमा कुन- कुन परे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

मार्जिन ट्रेडिङका लागि १२३ कम्पनी योग्य, सूचीमा कुन- कुन परे ?

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरूको नयाँ सूची सार्वजनिक गरेको छ। नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२ को परिच्छेद ३ को दफा (८)१ बमोजिम १२३ कम्पनीहरूलाई कारोबारका लागि योग्य ठहर गरेको हो।

सूचीमा वाणिज्य बैंक र विकास बैंकहरू रहेका छन्। त्यस्तै, फाइनान्स, लघुवित्त , बीमा, जलविद्युत र अन्य समूहका कम्पनीहरू पनि मार्जिन कारोबारका लागि योग्य देखिएका छन्।

मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूको सूचीमा कृषि विकास बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक लगायतका वाणिज्य बैंकहरू समावेश छन्। विकास बैंकतर्फ मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक लगायतका कम्पनीहरू रहेका छन्।

नेप्सेले सार्वजनिक गरेको सूचीमा ४६ वटा लघुवित्त र फाइनान्स कम्पनीहरू रहेका छन्। यस्तै, जीवन बीमा र निर्जीवन बीमा समूहका २२ कम्पनी र जलविद्युत समूहका २८ कम्पनीहरू पनि सूचीमा अटाएका छन्। होटल र अन्य समूहका कम्पनीहरू पनि मार्जिन कारोबारका लागि योग्य भएका छन्।

प्रकाशित : १८ चैत्र २०८२, बुधबार १३:३० 1 April, 2026 1:30 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।