काठमाडौं,२५ जेठ । नेपाल धितोपत्र बोर्डले आफ्नो रजतजयन्ती बिशेष कार्यक्रमको आयोजना गरी मनाईरहेको छ । यो साता भरी नै रक्तदान लगायतका कार्यक्रमहरु गरी आफ्नो २५ औं स्थापना दिवस मनाएको बार्डले बिहिबार बिषेश कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रमलाई नव नियुक्त अर्थ मन्त्री ज्ञानेन्द्रबाहादुर कार्कीले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिइ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका अध्यक्ष डा. रेवत बाहादुर कार्कीले देशका ७५ ओटै जिल्लाबाट साधारण शेयर भर्न पाउने अवश्था सिर्जना गर्न सक्नुलाई विषेश उपलब्धीका रुपमा पेश गरेका थिए ।
कार्यक्रममा प्रथम पटक शेयर निश्कासन गर्दा कम्पनीको रुपमा नेपाल बैंक लिमिटेड र विरटनगर जुट मिल लिमिटेडलाई सम्मान गरेको छ । त्यसैगरी प्रथम पटक शेयर निश्कासन सम्बन्धी मर्चेण्ट बैंकिङ् तथा समुहुक लगानी कोष सम्बन्धी कार्यको सुरुवात गर्ने संस्था एनआइडिसी क्यापीटल मार्केट लिमीटेड हाल सनराईज क्यापिटल लिमीटेडलाई पनी सम्मान गरीएको छ ।
त्यसैगरी बोर्डमा२० वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई दिर्ग सेवा पदक प्रदान गरीएको थियो । यसरी पदक पउनेहरुमा कार्यकारी निर्देशकदय परिष्टनाथ पौडेल र निरज गिरी, निर्देशक विनायदेव आचार्य र अधिकृत मञ्जु उपाध्याय, सहयोगी कर्मचारी राजन खतिवडा, आजम कुमार ढकाल र राजेश झा रहेका छन् ।
Comment