शेयर बजार भारी अंकले घट्यो, १३ उपसूचक राताम्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजार भारी अंकले घट्यो, १३ उपसूचक राताम्य



काठमाडौं । आज साताको दोस्रो दिन पनि नेपाल शेयर बजार भारी अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक आज ४७.७१ अंकले घटेर २८३१.३९ को विन्दुमा कायम भएको छ। आज २६ कम्पनीको शेयर मूल्य बढेको छ भने २३७ कम्पनीको शेयर मूल्य घटेको छ।

आज दिनभरिमा ३४१ कम्पनीको ३ करोड १६ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार १२ अर्ब ९६ करोड रुपैयाँभन्दा माथि पुगेको छ। सबैभन्दा बढी शेयर कारोबार रिडी पावरमा भएको छ। जहाँ ६८ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी, ङादी ग्रुप पावरमा ४३ करोड ८१ लाख र शिवम् सिमेन्टमा ४३ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ।

आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, होटल फरेष्ट र रिज लाइन इनर्जीका लगानीकर्ताले १० प्रतिशतको दरले लाभ उठाएका छन्। सुपर खुदीका लगानीकर्ताले ९.९९ प्रतिशत लाभ कमाएका छन्। तर, सोलु हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। जसले ७ प्रतिशतको दरले घाटा व्यहोरेका छन्।

आज १३ वटै उपसूचक राताम्य छन्। विशेष रूपमा, फाइनान्स समूहको २ प्रतिशत, वाणिज्य बैंक समूहको १.८६ प्रतिशत, विकास बैंक समूहको १.२४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१८ प्रतिशत र हाइड्रोपावर समूहको १.९३ प्रतिशतले शेयर मूल्य घटेको छ।

प्रकाशित : 30 March, 2026 3:19 pm