सूर्यज्योति लाइफको संस्थापक शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सूर्यज्योति लाइफको संस्थापक शेयर बिक्रीमा



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरधनी उषा अग्रवालको नाममा रहेको २ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनु पर्ने व्यवस्था भएकोले हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन्।

इच्छुक शेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको थापाथलीस्थित कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडमा आफूले किन्न चाहेको शेयर संख्या र मूल्य समेत उल्लेख गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा वा सम्पूर्ण शेयर बिक्री नभएमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित : 27 March, 2026 12:56 pm