क्षयरोग दिवसका अवसरमा नर्भिकले ल्यायो विशेष छुटसहितको प्याकेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

टिप्स

क्षयरोग दिवसका अवसरमा नर्भिकले ल्यायो विशेष छुटसहितको प्याकेज

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं– थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले विश्व क्षयरोग दिवसका अवसरमा श्वासप्रश्वाससम्बन्धी समस्याको स्वास्थ्य परीक्षणमा छुटसहितको प्याकेज ल्याएको छ । विश्व क्षयरोग दिवसका अवसरमा अस्पतालले २४ मार्चदेखि ३० मार्चसम्म एक साताका लागि ३० प्रतिशत छुटसहितको  प्याकेज सञ्चालनमा ल्याएको हो । 

जसअन्तर्गत विशेषज्ञ चिकित्सकको परामर्शसहित १५ प्रकारका परीक्षणहरु छन् । नर्भिकले ३० प्रतिशत छुटसहित १० हजार ५ सय ७५ रुपैयाँको प्याकेज ल्याएको हो ।

उक्त प्याकेजमा चिकित्सकको परामर्शसँगै सीबीसी, एसजीओटी, एसजीपीटी, क्रिएटिनिन, युरिन रुटिन टेस्ट, छातीको एक्स–रे, इसीजी, इको जाँच, पेट र पेल्भिसको अल्ट्रासाउन्ड, टीएसएच, युरिक एसिड, सुगर, लिपिड प्रोफाइल र पीएफटी परीक्षण तथा जाँचहरु समावेश छन् । 

सेवा लिनका लागि अस्पतालको फोन नम्बर ०१–५९७००३२ र ९८०२१७००३२ नम्बरमा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ । अस्पतालले विभिन्न अवसरमा आफ्ना स्वास्थ्य जाँच तथा परीक्षण सेवामा छुटसहितको प्याकेज सञ्चालन गर्दै आएको छ । 

प्रकाशित : १० चैत्र २०८२, मंगलबार ११:५२ 24 March, 2026 11:52 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।