काठमाडौं । एनएमबी बैंकले आफ्ना ग्राहकका लागि नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक गरेको छ। “नयाँ युग, नयाँ डिजिटल बैंकिङ” नारासहित सुरु गरिएको यस सेवामार्फत अब स्वदेश तथा विदेश जहाँबाट पनि अनलाइनमार्फत बैंक खाता खोल्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार यो सेवा विशेषगरी विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै ल्याइएको हो, जसले अब नेपाल नआई पनि सहज रूपमा बैंकिङ सेवा लिन सक्नेछन्। डिजिटल माध्यमबाट खाता खोल्दा समय र खर्च दुवै बचत हुने विश्वास बैंकले लिएको छ।
एनएमबी बैंकले पछिल्लो समय प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ। यसअन्तर्गत मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतका सेवा अझ सुदृढ बनाइएको बैंकको भनाइ छ।
बैंकले डिजिटल बैंकिङ सेवाले ग्राहकको पहुँच बढाउने र वित्तीय समावेशीकरणलाई टेवा पुग्ने अपेक्षा गरेको छ।
खाता खोल्न यहाँ क्लिक गर्नुहोस्: https://digi.nmb.com.np/home
https://youtu.be/YlallBpVgNc?si=-yivyYc_-zvvonRK
दिएको Link मार्फत सजिलै खाता खोल्ने प्रक्रिया जान्नुहोस् ।






Comment