एनएमबी बैंकको नयाँ डिजिटल बैंकिङ सेवा, विदेशबाटै खाता खोल्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

एनएमबी बैंकको नयाँ डिजिटल बैंकिङ सेवा, विदेशबाटै खाता खोल्न सकिने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । एनएमबी बैंकले आफ्ना ग्राहकका लागि नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक गरेको छ। “नयाँ युग, नयाँ डिजिटल बैंकिङ” नारासहित सुरु गरिएको यस सेवामार्फत अब स्वदेश तथा विदेश जहाँबाट पनि अनलाइनमार्फत बैंक खाता खोल्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार यो सेवा विशेषगरी विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै ल्याइएको हो, जसले अब नेपाल नआई पनि सहज रूपमा बैंकिङ सेवा लिन सक्नेछन्। डिजिटल माध्यमबाट खाता खोल्दा समय र खर्च दुवै बचत हुने विश्वास बैंकले लिएको छ।

एनएमबी बैंकले पछिल्लो समय प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ। यसअन्तर्गत मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतका सेवा अझ सुदृढ बनाइएको बैंकको भनाइ छ।

बैंकले डिजिटल बैंकिङ सेवाले ग्राहकको पहुँच बढाउने र वित्तीय समावेशीकरणलाई टेवा पुग्ने अपेक्षा गरेको छ।

खाता खोल्न यहाँ क्लिक गर्नुहोस्: https://digi.nmb.com.np/home

https://youtu.be/YlallBpVgNc?si=-yivyYc_-zvvonRK
दिएको Link मार्फत सजिलै खाता खोल्ने प्रक्रिया जान्नुहोस् ।

#NMBBank#OnlineAccountOpening

प्रकाशित : २९ फाल्गुन २०८२, शुक्रबार १०:५७ 13 March, 2026 10:57 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।