काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंक बढेको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढीरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिँदै आएको हो ।
आइतबार नेप्से परिसूचक ५४.५१ अंक बढेर २९३१.५५ विन्दुमा पुगेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ११.११ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.८२ अंक बढेको छ।
आज १८३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७३ कम्पनीको शेयर मूल्य घटेको छ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि उच्च बढेको छ। आज ३६४ कम्पनीको ६ करोड १४ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ५९ करोडको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८५ करोड ९६ लाख माथिको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ७७ करोड ८७ लाख रुपैयाँ र शिवम् सिमेन्टको ७५ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, अभियान लघुवित्त वित्तीय संस्था, सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, विजय लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया लघुवित्तको शेयरमूल्य पनि उच्च अंकले बढेको छ। आज एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य सर्वाधिक घटेको छ।
१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। आज लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ४.२१ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, जीवन बीमा र निर्जीव बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ।






Comment