एनआइसी एशिया लघुवित्तका जोशीले छोडे सीईओ पद, बस्नेतले सम्हाले जिम्मेवारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआइसी एशिया लघुवित्तका जोशीले छोडे सीईओ पद, बस्नेतले सम्हाले जिम्मेवारी



काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चोलराज शर्मा जोशीले राजिनामा दिएका छन् । कम्पनी सञ्चालक समितिको चैत ८ गते बसेको बैठकको निर्णयले जोशीको राजिनामा स्वीकृत गरेको हो ।

साथैं, सोही बैठकले संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेतलाई आजैदेखि लागु हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको छ ।

प्रकाशित : 22 March, 2026 11:47 am