प्रबन्धकदेखि सहायकसम्म उड्ड्ययन प्राधिकरणमा जागिरको अवसर (सूचनासहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

प्रबन्धकदेखि सहायकसम्म उड्ड्ययन प्राधिकरणमा जागिरको अवसर (सूचनासहित)



काठमाडौं । नेपाल नागरिक उड्ड्ययन प्राधिकरणले विभिन्न पदहरूमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले कुल ७५ जनालाई नियुक्त गर्ने गरी सूचना जारी गरेको हो।

सूचना अनुसार प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक तथा सहायक पदहरूमा जनशक्ति माग गरिएको छ। सम्बन्धित योग्यता पुगेका इच्छुक नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

आवेदन दिने अन्तिम म्याद चैत २६ गतेसम्म तोकिएको छ। निर्धारित समयभित्र आवेदन दिन नसक्नेहरूले दोब्बर दस्तूर तिरेर वैशाख ३ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आवश्यक कागजातसहित समयमै आवेदन दिन आग्रह गर्दै योग्य उम्मेदवारलाई अवसरको सदुपयोग गर्न अनुरोध गरेको छ।

प्रकाशित : 20 March, 2026 11:28 am