काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘बीजेएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको कुल १ करोड कित्ता आइपीओ सूचीकृत भएको हो । जसमा ८० प्रतिशत अर्थात ८० लाख कित्ता संस्थापक सेयरधनीले लगानी गरेको छ र २० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणलाई वितरण गरिएको सेयर रहेको छ ।
नेप्सेले उक्त कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि २०.०४ रुपैयाँदेखि अधिकतम २७०.१२ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । सोही मूल्यकै आधारमा आइतबारदेखि कम्पनीको कारोबार खुल्नेछ ।






Comment