महालक्ष्मी लाईफ इन्स्योरेन्सको लोगो सार्वजानिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महालक्ष्मी लाईफ इन्स्योरेन्सको लोगो सार्वजानिक



काठमाडौं, २४ जेठ  । केही समय अगाडि मात्रै बीमा समितिको स्वीकृतीमा अर्थमन्त्रालयबाट सञ्चालनको स्वीकृती पाएको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो कम्पनीको लोगो सार्वजानिक गरेको छ । कम्पनीको मगंलवार बसेको संचालक समितिको बैठकले कम्पनीको लोगो पारीत गरी सार्वजनिक गरेको हो ।

दुई अर्ब चुक्तापूँजी भई संस्थापकहरुबाट एक अर्ब ४० करोड चुक्तापूँजी पुर्याउने प्रक्रियामा रहेको कम्पनी छिट्टै नै सञ्चालनमा आउने तयारीमा रहेको जनाएको छ । ५५ जना संस्थापक सदस्य रहेको कम्पनी संघिय संरचनामा कार्यालय स्थापनाको योजना सहित संचालन अनुमतिको लागि छिट्टै नियमाक निकाय बीमा समितिमा जाने समेत जानकारी दिएको छ ।

प्रकाशित : २४ जेष्ठ २०७४, बुधबार ०९:०५