सिद्धार्थ बैंकको ३० प्रतिशत हकप्रद सेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ बैंकको ३० प्रतिशत हकप्रद सेयर



काठमाडौं  २४ जेठ । सिद्धार्थ बैंकको ३० प्रतिशत हकप्रद सेयर बिहीबारदेखि बिक्री खुला हुने भएको छ । बैंकले जेठ २५ देखि असार २८ गतेसम्म १०ः३ अनुपातमा १ करोड ५७ लाख ५२ हजार ५७८।१३ कित्ता सेयर बिक्री गर्नेछ । सिद्धार्थको यो हकप्रद जेठ १४ सम्म कायम सेयरधनीले मात्र भर्न पाउनेछन् । बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । आवेदकले सिद्धार्थ बैंकको हात्तिसार काठमाडौंसहित अधिकांश शाखा कार्यालयबाट हकप्रदमा आवेदन दिन सकिनेछ ।

राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन सिद्धार्थले ३०प्रतिशत हकप्रदको बाटो रोजेको हो । हाल सिद्धार्थको चुक्ता पुँजी ५ अर्ब २५ करोड ८ लाख ५९ हजार ३७५ रुपैयाँ छ । हकप्रद पछि बैंकको चुक्ता पुँजी ६ अर्ब ८२ करोड ६१ लाख १७ हजार १८८ रुपैयाँ पुग्नेछ । सिद्धार्थले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९५ करोड ७० लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३० पैसा (वार्षिक) प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ७६ पैसा छ ।

प्रकाशित : २४ जेष्ठ २०७४, बुधबार ०८:४५