काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेकस २.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६७ अंक बढेको छ।
आज ३४० कम्पनीको ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५६ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै आँखुखोला जलविद्युतको ५१ करोड ७५ लाख रुपैयाँ र नेशनल हाइड्रोपावरको ४८ करोड माथिको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये आज ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। आज जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। बैंकिङ्ग, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ।
आज रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, शिवश्री हाइड्रोपावरको शेयरमूल्य पनि उच्च अंकले बढेको छ। आज सबैभन्दा धेरै एनआइसी एशिया ग्रोथ फन्ड २ का इकाईधनीले गुमाएका छन् ।






Comment