सगरमाथा म्युजिक अवार्ड २०८२ को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सगरमाथा म्युजिक अवार्ड २०८२ को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक



काठमाडौं । सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिले आयोजना गरेको अवार्डमा २४ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो ।

जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । यस अवार्डमा चलचित्र, पप– आधुनिक र लोक तथा दोहोरी विधामा कलाकर्मीहरुले सहभागी जनाएको कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए ।

सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ मा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । साथै नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने छ । सातौं संस्करणको निर्णायकहरुमा कृर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ संयोजक, कलाकार सनम कठायत, साहित्यकार प्रकाश श्रेष्ठ (मालिका केशरी) र चलचित्रकर्मी देवेन्द्र बजगाई र आयोजक समिति रहेका छन् ।

अवार्डमा मनोनयनमा परेका कलाकर्मीलाई खल्तीबाट भोट गर्न सकिने छ ।

१. सर्वोत्कृष्ट चलचित्र गायन
१. समिक्षा अधिकारी – बुझिनँ मैले (बोक्सीको घर)
२. बेनिसा पौडेल – बिहे भाको छैन (छक्का पञ्जा ५)
३. रिता केसी – रिमै (रिमै)
४. प्रशान्त सिवाकोटी – काँधेकुरी (पूर्ण बहादुरको सारंगी)
५. सुजाता केसी– छ भने माया (रंगी)

२. सर्वोत्कृष्ट चलचित्र गीतकार
१. ऋषिराज आचार्य – कर्णाली काटौला (द्रौपदी)
२. यादव लम्साल – कसमको बत्तिको (ज्वाई साब)
३. नवराज पन्त – रैया चाँदीको (पूर्ण बहादुरको सारंगी)
४. राम अविरल बिष्ट – बिञ्जुरी (घर ज्वाई)
५. हर्क साउद – मखमली चोली (उनको स्वीटर)

३. सर्वोत्कृष्ट चलचित्र संगीतकार
१. जयन जे वाइवा – छड्के सलाम (बेहुली फ्रम मेघौली)
२. एस.डी योगी – रुकुम मैकोट (खुस्मा)
३. आशिष अविरल – रैया चाँदीको (पूर्ण बहादुरको सारंगी)
४. अर्जुन पोखरेल – यो मनले (१२ गाउँ)
५. करण राज कार्की – दर्शन गरे (पुजार सार्की)

४. सर्वोत्कृष्ट पप : आधुनिक गायक
१. नारायण थापा – औधी मन पराएँ
२. सिडी विजय अधिकारी– सोल्टीनी
३. उमेश मुस्कान – तिम्रै माया लाग्छ
४. पवन रानाभाट – सम्झिन्छु तिमीलाई पनि
५. रुद्र शेखर शर्मा – के छ ओई सान्नानी

५. सर्वोत्कृष्ट पप: आधुनिक गायिका
१. सुमि पराजुली– माया गर्ने तरिका
२. रेश्मा पुन – मायाका गीत
३. निता आचार्य – ताँते गर्दै
४. मनमाया पंगेनी – एैना जस्तै हिमाल हेर्दा
५. रानु निरौला – चोली ढाकाको

६. सर्वोत्कृष्ट पप: आधुनिक गीतकार
१. डा.रमिल अधिकारी– आउ एउटा बाँचा गरौं
२. हेमराज तामाङ – तिमी मेरो प्राण हौं
३. रोहन पौडेल(जनक) – जेल पनि सहुँला
४. पुस्कर शाह – ताते गर्दै
५. सुमन के धिताल– सबलाई आफ्नो सोच्ने मान्छे

७. सर्वोत्कृष्ट पप: आधुनिक संगीतकार
१. शिशिर योगी – ताते गर्दै
२. जीवन शर्मा – निर्वाध मन
३. राजेन्द्र बजगाई– पुतली
४. कमल अधिकारी – बग्ने खोलाको पानी
५. ज्ञानेन्द्र गिरी – आउ एउटा बाँचा गरौं

८. सर्वोत्कृष्ट बाद्यवादन
१. सुरेन लामा
२. सुनिल सिंह नेपाली
३. सन्दीप कार्की
४. बिशाल पौडेल

९, सर्वोत्कृष्ट पप: आधुनिक मोडल महिला
१. पुनम श्रेष्ठ– तिमी मेरो प्राण हौं
२. प्रतिक्षा काफ्ले – औधी मन पराए
३. सुजिना गोले – कति माया गर्छु तिमीलाई
४. पुजा ठाकुर – जानु त पर्छ एक दिन
५, सजिना लामिछाने – देखेपछि

१०, सर्वोत्कृष्ट पप: आधुनिक मोडल पुरुष
१, प्रज्वलराज भट्ट – औधी मन पराए
२, बादल घिमिरे – हारी सके
३, अंशु बर्मा –भुपु माया रिर्टन्स
४, प्रवास लामा – कति माया गर्छु तिमीलाई
५, कुन्दन गुप्ता – दुनियाँ जल्दैछ

११, सर्वोत्कृष्ट लोक तथा दोहोरी गायक
१, निरम कुमार शाही – उखुमै बनायो
२, राजु ढकाल – खोली सलल
३, सुरेश अन्जन – विहेको निम्तो
४, पुरुषोत्तम गैरे – बैनीको का परो
५, सागर आले – बुझेन मायाले प्यार गरेको

१२, सर्वोत्कृष्ट लोक तथा दोहोरी गायिका
१, इश्वल सन्ज्याल – ईत्ति माया
२, कला गुरुङ – घरबारे माया
३, शान्ति शाही – जोवन मलाई देउ
४, सिम्रन परियार – बैनीको का प¥यो
५, रितु बोहोरा – पैसा जोगाउन

१३, सर्वोत्कृष्ट लोक तथा दोहोरी शब्द
१, दीपक अधिकारी –यो जुनीमा
२, नेत्र अर्याल – जोबन मलाई देउ
३, सेर साउद –ईत्ति माया
४,कमल खनाल – तालि बजाईदेउ
५,रोशन रेग्मी– ए बा हो मलाई

१४, सर्वोत्कृष्ट लोक तथा दोहोरी लय
१,शिव काम्छा मगर– घरबारे माया
२,रमेश परियार – उखुमै बनायो
३,सुप्रिम विश्वकर्मा – तिम्रो मिठो बोली
४,रोशन सिंह – अरे आम्मै मरे
५,मन्जीत पहाडी – चिसो चिसोमा

१५,सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल महिला
१, आशा विश्वकर्मा – तिम्रो मिठो बोली
२, अस्मिता जुरेली – बुझेन मायाले प्यार गरेको
३, संचिता बोलाखे – घामपानीको छाता
४,सरिता धनकुटी – दिलको ढोका
५, आरुसी मगर– झ्याप्पै

१६, सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल पुरुष
१, अभिशेख खड्का – जोबन मलाई देउ
२, सुरेश कोली – झ्याप्पै
३, विमल अधिकारी – म त सोझी गाउँकी
४, कैलाश कठायत – ईत्ती माया
५, सहिन प्रजापति – मलाई त्यहि बानी मन पर्छ

१७ सर्वोत्कृष्ट कोरियोग्राफी
१, सन्दीप भुजेल – काँचो रानी बेल
२,राहुल शाह – किस किस
३,अनिल राई –लुकुनी
४,राजाराम सिंखडा – पश्मिनाको सल
५,लोसिना शाक्य –झिम झिमाउने आँखा

१८, सर्वोत्कृष्ट सर्बोत्कृष्ट नव गायन
१, सर्जु रञ्जित –ईत्ती माया
२, मदन बम –तिमी मेरो हौं
३, आश्मा दुलाल – मेरो बाबा
४, शिवजी परियार –बाग्लुङ गुड्यो रात्री बस
५, मिना एनपी – मनमा के छ

१९, सर्वोत्कृष्ट पप÷आधुनिक नव मोडल
१, गिता पन्थी – मिठा मिठा मनका कुरा
२,इशा परियार – चुना लगाएर
३,सहिस्मा खड्का –जेनतेन चलिराछ
४,एनिसा अधिकारी– लेखान्त कल्पना नै नगरेको
५,ग्रिष्मा पौडेल – अलविदा

२०, सर्वोत्कृष्ट लोक तथा दोहोरी नव मोडल
१, रचना न्यौपाने – तालि बजाईदेउ
२, अन्जु सुनार – गलबन्दी
३,कुशुम कुँवर – म त सोझी गाउँकी
४, आशिका घिमिरे – चिसो चिसोमा

२१, सर्वोत्कृष्ट बाल प्रतिभा
१, आर्यन पाण्डे– मेरो अनुरोधमा
२, परिधि खतिवडा – घरकी फुलबारी
३, प्रिन्स बम – लागु औषध विरुद्ध महा अभियान
४, एलेक्स खड्का – डिर्भोस
५, इनोभ गुरुङ– रोधीघर

२२ सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार
१, रुपेश थापा– नाच नाच
२, महेश महरा –तिम्रै माया लाग्छ
३, प्रकाश खड्का – कति माया गर्छु तिमीलाई
४, उत्सव दाहाल – तिम्रो साथमा
५, दिपक गिरी – ऐना जस्तै हिमाल

२३, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन
१, विकास दाहाल – तिमी मेरो प्राण हौं
२, कल्पेश विश्वकर्मा – साथ दिने मान्छे यस्तो होस
३, अमृत चापागाई – सम्झीन्छु तिमीलाई पनि
४, मनोज कार्की– लाहुेरे लैन केरे
५, मिन रावल – तिम्रो मनको

२४, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक
१,जेरी भण्डारी– खोली सलल
२,शेर साउद – ईत्ति माया
३,किरण श्रेष्ठ – ताते गर्दै
४,प्रविण थापा– अरे आम्मै मरे
५,निरेन श्रेष्ठ –जाम कान्छि रेलैमा

प्रकाशित : 17 March, 2026 2:36 pm