काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा पुगेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेकस ०.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ।
आज १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३० कम्पनीको शेयर मूल्य घटेको छ ।आज दिनभरिमा ३५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ग्रिन लाइफ हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८१ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ६७ लाख ९६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ६२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.८३ प्रतिशत बढेको छ। अरु बढेको उपसमूहहरुको वृद्धिदर भने सामान्य रहेको छ। आज होटल तथा पर्यटन, लगानी, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।
आज सोलु हाइड्रोपावर र सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, होटल फरेष्ट इनका लगानीकर्ता र ग्रिन लाइफका लगानीकर्ताले पनि मनग्य कमाएका छन् ।
आज सबैभन्दा धेरै दरम खोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ ।






Comment