बेनी हाइड्रोपावरले पहिलो चरणको आईपीओ निष्कासन, कति दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बेनी हाइड्रोपावरले पहिलो चरणको आईपीओ निष्कासन, कति दिने आवेदन ?



काठमाडौं। बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ निष्कासन सुरु गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई लक्षित गरी सेयर जारी गरेको हो।

कम्पनीको कुल जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर आईपीओमा बिक्रीमा राखिएको छ। यसमा आयोजनाको अति प्रभावित क्षेत्रका बासिन्दाले ५०५, प्रभावित क्षेत्रका बासिन्दाले ३०५ र अन्य क्षेत्रका बासिन्दाले २०५ सेयर आवेदन गर्न सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि १ लाख ४ हजार कित्ता सेयर प्रारम्भिक रुपमा जारी गरिएको छ। बाँकी सेयर बिक्री नभएमा सर्वसाधारणका लागि समायोजन गरिने कम्पनीले जनाएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले चैत १५ सम्म र वैदेशिक रोजगारीमा रहेका नागरिकले चैत ५ देखि १५ सम्म आवेदन दिन सक्नेछन्। आवेदन एनएमबी बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा तथा मेरो सेयर अनलाइनबाट गर्न सकिन्छ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। पहिलो चरण पछि दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी हुने छ।

प्रकाशित : 15 March, 2026 12:17 pm