गर्मीअघि टीसीएलको विशेष अभियान: निःशुल्क एसी सर्भिसिङ र एक्सचेन्ज सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

गर्मीअघि टीसीएलको विशेष अभियान: निःशुल्क एसी सर्भिसिङ र एक्सचेन्ज सुविधा



काठमाडौं। गर्मी याम सुरु हुनुअघि ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै TCL नेपालले विशेष सेवा अभियान सुरु गरेको छ। कम्पनीले निःशुल्क एसी सर्भिसिङ, एक्सचेन्ज सुविधा तथा नयाँ एसी खरिदमा आकर्षक छुटसहितको योजना सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार यो अभियान फाल्गुन २४ गतेदेखि सीमित अवधिका लागि सञ्चालन हुनेछ। अभियानअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो एसी ल्याएर एक्सचेन्ज गर्न सक्नेछन् भने नयाँ एसी खरिद गर्दा आकर्षक छुट पनि पाउनेछन्। साथै, अभियान अवधिभर कुनै पनि ब्रान्डका एसीको निःशुल्क जाँच तथा सर्भिसिङको सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

अभियानअन्तर्गत ग्राहकहरूले पुरानो एसी साट्दा विगतभन्दा ५० प्रतिशतसम्म बढी मूल्याङ्कन पाउनेछन्। साथै, नयाँ टीसीएल एसी खरिद गर्दा २० प्रतिशतसम्म छुट दिइनेछ।

त्यसैगरी नयाँ एसीमा रु. ४,००० बराबरको निःशुल्क इन्स्टलेशन सेवा उपलब्ध हुनेछ। एक्सचेन्ज गर्ने ग्राहकहरूलाई रु. ३,००० सम्म मूल्यका दुई वटा निःशुल्क सेवा कुपन पनि प्रदान गरिनेछ। एसी मर्मत गर्दा स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ।

ग्राहकहरूले अभियानमा सहभागी हुन टोल–फ्री नम्बर १६६–००–१००–२११ वा १६६–००–१०२–२११ मा सम्पर्क गर्न सक्नेछन्। साथै कम्पनीको आधिकारिक वेबसाइटमार्फत आफ्नो पुरानो एसीको मूल्याङ्कन गरी सेवा लिन सकिने बताइएको छ।

रजिस्ट्रेशनपछि टीसीएलका प्राविधिक टोली ग्राहकको घरमै पुगेर आवश्यक सेवा प्रदान गर्नेछन्। कम्पनीका अनुसार सेवा सुविधा कम्पनीका नियम तथा शर्तअनुसार लागू हुनेछ र अभियान सीमित अवधिका लागि मात्र सञ्चालनमा रहनेछ।

टीसीएल नेपालले यस अभियानमार्फत ग्राहकहरूलाई गर्मीको तयारी सहज बनाउन तथा गुणस्तरीय सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित : 12 March, 2026 1:56 pm