मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

प्रवास

मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । बीएलसी ग्लोबल होल्डिङ्गस् प्रालिकी सह–अध्यक्ष मेघा चौधरी नेपालका लागि मोरोक्को अधिराज्यको अवैतनिक महावाणिज्यदूतमा नियुक्त भएकी छिन् । मोरोक्को अधिराज्यका परराष्ट्र मामिला, अफ्रिकन सहयोग तथा मोरोक्कन प्रवासी मन्त्री महामहिम नासेर बौरिटाले परराष्ट्र मन्त्रालयमार्फत चौधरीलाई उक्त पदमा नियुक्तिका लागि स्वीकृति पत्र पठाएका थिए।

चौधरीले बुधबार नेपाल सरकारका परराष्ट्र सचिव अमृत बहादुर राईमार्फत नियुक्ति पत्र ग्रहण गर्दै औपचारिक रूपमा पदभार सम्हालेकी छिन । नवनियुक्त महावाणिज्यदूत चौधरीको कन्सुलर कार्यक्षेत्र काठमाडौँ उपत्यकाभर तोकिएको छ ।

नियुक्ति पत्र ग्रहण गर्दै चौधरीले नेपाल र मोरोक्कोबीचको कूटनीतिक र आर्थिक सम्बन्धलाई थप सुदृढ र अर्थपूर्ण बनाउन आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन् ।

चौधरीको यो नियुक्तिसँगै नेपाल र मोरोक्कोबीचको द्विपक्षीय व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानमा नयाँ इँटा थपिने विश्वास गरिएको छ ।

प्रकाशित : २८ फाल्गुन २०८२, बिहिबार १०:२८ 12 March, 2026 10:28 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।