काठमाडौं । बुधबार शेयर बजार उच्च अंकले घटेको छ । आज परिसूचक ४६.७८ अंकले घटेर २७९६.५७ को विन्दुमा कायम भएको हो। त्यस्तै,आज सेन्सेटिभ इण्डेक्स ८.३२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९४ अंक घटेको छ।
आज ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ। आज ३२९ कम्पनीको ३ करोड ६० लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १८ करोड माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आज यस कम्पनीको शेयर मूल्य ३५१ रुपैयाँ कायम भएको। आँखुखोला जलविद्युतको ५१ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। नेशनल हाइड्रोपावरको ४९ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। नेशनल हाइड्रोपावरका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् । रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले ९.३३ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै कालिका पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
नेप्सेका १३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। आज म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.४० प्रतिशत घटेको छ। त्यस्तै, आज वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।






Comment