सकारात्मक सर्किटपछिको दिन बजारमा करेक्सन, नेप्से २८४३ बिन्दुमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सकारात्मक सर्किटपछिको दिन बजारमा करेक्सन, नेप्से २८४३ बिन्दुमा



काठमाडौं । दोस्रो कारोबार दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । सोमबार नेप्से ६ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेसँगै बजार खुलेको १ घन्टामै कारोबार बन्द भएको थियो । आज भने नेप्से परिसूचक ३२ अंकले घटेर २८४३.३५ को विन्दुमा कायम भएको छ ।

आज ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३२९ कम्पनीको ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५० करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ९ करोड माथिको शेयर कारोबार भएको छ ।

आँखुखोला जलविद्युतको ६९ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ६१ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडि पावरको ५९ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सालपा विकास बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टारका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै हिम स्टार ऊर्जाका लगानीकर्ताले गुमाएका छन् ।

नेप्सेमा आज १० उपसूचक राताम्य बनेका छन् । आज फाइनान्स समूहको २.०६ प्रतिशत, विकास बैंक समूहको १.१६ प्रतिशत, वाणिज्य बैंक समूहको १.२७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

प्रकाशित : 10 March, 2026 3:21 pm