इनफिनिटी लघुवित्तमा सहायक स्तरका पदमा जागिर खुल्यो, योग्य नेपाली नागरिकबाट आवेदन आव्हान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

इनफिनिटी लघुवित्तमा सहायक स्तरका पदमा जागिर खुल्यो, योग्य नेपाली नागरिकबाट आवेदन आव्हान




काठमाडौं । इनफिनिटी लघुवित्त वित्तिय सस्थाले सहायक स्तरका पदहरूका लागि जागिरको अवसर घोषणा गरेको छ । यसका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन आव्हान गरेको छ।

सूचना अनुसार, संस्थाले सहायक वर्ग अन्तर्गत सहायक र जुनियर असिस्टेन्ट ट्रेनी पदका लागि कर्मचारी माग गरेकाे छ। पद संख्या भने खुलाइएको छैन। सहायक पदका लागि आवेदकले कम्तीमा प्रोफिसिएन्सी सर्टिफिकेट लेभल (PCL) वा समकक्ष योग्यता र माइक्रोफाइनान्स क्षेत्रमा कम्तीमा दुई वर्षको कार्य अनुभव हुनु आवश्यक छ।

जुनियर असिस्टेन्ट ट्रेनी पदका लागि SEE/SLC वा प्रोफिसिएन्सी सर्टिफिकेट लेभल वा समकक्ष परीक्षा उत्तीर्ण हुनुपर्छ। वैध ड्राइभिङ लाइसेन्स र सवारी सञ्चालनको क्षमता भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। सहायक वर्गका उम्मेदवारहरूको उमेर सीमा २१–३५ वर्ष रहेको छ, महिलाहरूका लागि अतिरिक्त पाँच वर्षको छुट दिइएको छ।

छनाैट भएका कर्मचारीहरूले शाखा सञ्चालन, ग्रामीण क्षेत्रमा समूह गतिविधि, ऋण लगानी र भुक्तानी, बचत सङ्कलन, ऋण विश्लेषण र विभिन्न शाखाहरूमा वित्तीय गतिविधिको निगरानी जस्ता जिम्मेवारीहरू सम्हाल्नेछन्। सहायक पदका उम्मेदवार लेखित परीक्षा र अन्तर्वार्ता मार्फत चयन गरिनेछ भने जुनियर असिस्टेन्ट ट्रेनी पदका उम्मेदवार फिल्ड कन्सेप्ट टेस्ट र अन्तर्वार्ता मार्फत चयन हुनेछन्।

आवेदन शुल्क रु ३०० तय गरिएको छ, जसलाई संस्थाले तोकेको बैंक खातामा वा eSewa मार्फत भुक्तानी गर्न सकिन्छ। इच्छुक उम्मेदवारहरूले संस्थाको वेबसाइटको Career सेक्सन (www.infinitylbsl.com.np) मार्फत सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्। आवश्यक कागजातमा CV, पासपोर्ट साइज फोटो, नागरिकता प्रतिलिपि, शैक्षिक प्रमाणपत्र र कार्य अनुभव प्रमाणपत्र समावेश हुनु आवश्यक छ। संस्थाले कर्मचारी चयनको अन्तिम अधिकार आफ्नैमा राख्ने जनाएको छ।

प्रकाशित : 10 March, 2026 2:35 pm