भारतको सर्वाधिक बिक्री हुने स्कुटर ‘सुजुकी एक्सेस १२५’ नेपालमा देखियो, छिट्टै सार्वजनिक हुने संकेत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

भारतको सर्वाधिक बिक्री हुने स्कुटर ‘सुजुकी एक्सेस १२५’ नेपालमा देखियो, छिट्टै सार्वजनिक हुने संकेत



काठमाडौं । भारतमा लगातार १० वर्षदेखि १२५ सीसी वर्गमा सबैभन्दा बढी बिक्री हुने स्कुटर सुजुकी एक्सेस १२५ नेपालमा देखिएको छ। स्रोतका अनुसार हालै उक्त स्कुटरका केही युनिट नेपाल भित्रिएको जानकारी प्राप्त भएको छ। जसले निकट भविष्यमा नेपाली बजारमा यसको औपचारिक सार्वजनिक हुन सक्ने संकेत दिएको छ।

सुजुकीको यो स्कुटर भारतमा यसको भरपर्दो इन्जिन, स्मूथ परफर्मेन्स र राम्रो माइलेजका कारण निकै लोकप्रिय मानिन्छ। स्कुटरमा १२४ सीसी क्षमताको इन्जिन रहेको छ, जसले शक्ति र इन्धन दक्षताको राम्रो सन्तुलन प्रदान गर्छ। दैनिक आवतजावतका लागि यो स्कुटर उपयुक्त मानिन्छ।

यसमा आरामदायी सिट, हलुका तौल, सजिलो ह्यान्डलिङ तथा ठूलो अन्डर–सिट स्टोरेज जस्ता विशेषताहरू रहेका छन्, जसका कारण पनि प्रयोगकर्तामाझ यसको माग उच्च रहेको बताइएकाे छ।

यसैबीच सुजुकी एक्सेस १२५ ले सन् २०२६ मा आयोजित Acer FASTER Awards 2026 मा ‘स्कुटर अफ द इयर’ अवार्ड समेत जितेको थियो।

प्रकाशित : 10 March, 2026 1:27 pm