अर्थमन्त्री खनालद्वारा प्रयोगमा रहेको रातो पासपोर्ट फिर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

अर्थमन्त्री खनालद्वारा प्रयोगमा रहेको रातो पासपोर्ट फिर्ता




काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्।खनालले अर्थमन्त्रीको हैसियतमा प्राप्त उक्त राहदानीको प्रयोजन समाप्त भएको जनाउँदै मन्त्रालयको प्रशासन महाशाखामार्फत फिर्ता गरेका हुन्।

उनले प्रशासन महाशाखालाई पठाएको पत्रमा अर्थमन्त्रीका रूपमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीको आवश्यकता समाप्त भएकाले त्यसलाई परराष्ट्र मन्त्रालयको राहदानी विभागमामा बुझाइदिन अनुरोध गरेका छन्।पत्रमा उनले राहदानी संलग्न राख्दै फिर्ता बुझाइदिन आग्रह गरेको उल्लेख गरेका छन्।

प्रकाशित : 10 March, 2026 1:13 pm