काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज भइरहेको मतदानको निर्धारित समय सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानको समय साँझ ५ बजेसम्मका लागि निर्धारित थियो । जसअनुसार अहिले पाँच बजेसँगै निर्धारित समय सकिएको छ ।
यद्यपि, पाँच बजे अगावै मतदान केन्द्रमा लाइनमा बसिसकेका मतदाताले भने आफ्नो भोट हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले यसो भनेपनि अधिकांश जिल्लामा निर्धारित समयमै मतदान कार्य सकिएको हाे ।






Comment