मतदान जारी: २ बजेसम्म ६२ लाख मत खस्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

मतदान जारी: २ बजेसम्म ६२ लाख मत खस्यो



काठमाडौं । बिहीबार दिउँसो २ बजेसम्म देशभरि ६२ लाख मत खसेको छ । देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेको हो । बिहान ७ बजेदेखि मतदान भइरहको छ ।

सबैभन्दा बढी काठमाडौं उपत्यकामा ४७ प्रतिशत मत खसेको छ । त्यसपछि गण्डकी प्रदेशमा ३९ प्रतिशत मत खसेको छ ।

देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म जम्मा ३३ प्रतिशत मत खसेको छ ।

प्रकाशित : 5 March, 2026 3:07 pm