जनता बैंकमा अनिल शाहको चर्चा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैंकमा अनिल शाहको चर्चा



काठमाडौं, २३जेठ । जनता बैंकमा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको चर्चा हुन थालेको बुझिएको छ ।जनतामा हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले आउँदो असार ७ गतेसम्म मात्र काम गर्ने बैंक सञ्चालक समितिलाई जानकारी गराएपछि बोर्डले बैंकको प्रमुख कार्यकारी अधिकृत खोजि गर्न थालेको हो । सञ्चालक समितिले शाहलाई जनताको सिइओ बन्न आग्रंह गरेको बैंक स्रोतले बताएको छ । तर शाहले भने निर्णय गर्न आफूलाई एक हप्ता लाग्ने जवाफ दिएका छन् ।

यता बैंकमा कर्मचारी व्यावस्थापनमा देखिएको विवाद अझै पनि टुङिगएको छैन । बैंकका केहि सञ्चालकहरुले भने बैंकमा डिप्यूटि सिइओ पृथ्वी श्रेष्ठलाई नै बैंकको नेतृत्व दिनु पर्ने आवाज समेत आएको स्रोतले बताएको छ ।जनता बैंकमा सिद्धार्थ डेभलपमेन्ट बैंक मर्जको अन्तिम अबस्थामा छ । सिद्धार्थका सिइओ अजय मिश्रले भने वाणिज्य बैंकको नेतृत्वको दावी आफूले नगर्ने बताएका छन् ।जनता बैंकको सञ्चालकले बैंकमा प्रमुख कार्यकारी अधिकृतका बनाउने उदेश्यले यसभन्दा पहिला विभिन्न वित्तीय संस्थासँग जनता बैंक मर्ज पश्चात कर्मचारी व्यवस्थापन गराउन विज्ञका रुपमा नियुक्त गरिएका पर्शुराम कुँवरले त्रिवेणी विकास बैंकका कर्मचारी व्यबस्थापन गर्न नसकेपछि कुँवरको जनता बैंक नेतृत्व गर्ने सपना बिचैमा टुङिगएको छ ।

प्रकाशित : २३ जेष्ठ २०७४, मंगलवार १०:०६