३४ दशमलव ७२ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

३४ दशमलव ७२ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ २३ जेठ । मंगलबार पनि नेप्सेमा हरियाली छाएको छ। मंगलबार नेप्से ३४ दशमलव ७२ अंकले उकालो लागेको छ । १६ सय ३ मा खुलेको नेप्से १६ सय ३७ मा पुगेर बन्द भएको छ। मंगलबार उतपादनमुलक समुह बाहेक अरु सबै समुहले कमाएको छ ।
मंगलबार इन्स्योरेन्स समुहले सबै भन्द धेरै कमाएको छ। मंगलबार इन्स्योरेन्स समुह १ सय ७२ दशमलव ५७ अंकले उकालो लागेको छ। मंगलबार होटल समुह ६२ दशमलव ४५ अंकले ,बैकिड. समुह ३५ दशमलव ८२ अंकले, जलविधुत समुह ३५ दशमलव ६८ अंकले, विकास बैँक ३५ दशमलव ३८ अंकले, अन्य समुह १५ दशमलव ६२ अंकले र फाइनान्स समुह ७ दशमलव ३१ अंकले उकालो लागेको छ ।
मंगलबार उतपादनमुलक समुह भने १४ दशमलव ०६ अंकले ओरालो लागेको छ।
मंगलबार कारोबारमा आएका १४८ कम्पनी बाट १४ लाख ९६ हजार ८ सय ९३ कित्ता शेयरबाट ९१ करोड १६ लाख ८२ हजार १६ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : २३ जेष्ठ २०७४, मंगलवार ०९:३६