काठमाडौं । नबिल बैंकको ७१ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ७१ हजार १४० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीबाट खरिदका लागि निवेदन नपरेकोले अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको हो।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ निर्धारण गरिएको छ। लगानीकर्ताले शेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्न सक्नेछन्।
शेयर खरिदका लागि ७ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ। निवेदन काठमाडौंको नारायणचौरस्थित नबिल इन्भेस्टमेन्ट बैंकिङमा पेस गर्न सकिनेछ।






Comment