रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?



काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओ धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले काठमाण्डौमा रहेको होटल मार्कोपोलोमा आज बिहान बाँडफाँड गरेको हो ।

कम्पनीले गत माघ २८ गतेदेखि फागुन ४ गतेसम्म आम सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता सेयर जारी गरेको थियो ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २७ लाख २३ हजार ९१४ जनाले आवेदन दिएका छन् । यसमध्ये २५ लाख ३७ हजार ३०१ आवेदन सदर भएको छ ।

कुल सदर आवेदकमध्ये १ लाख १८ हजार २६ जनालाई १० कित्ताका दरले ११ लाख ८० हजार २६० कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी आवेदकको हात भने खाली भएको छ ।

यो आईपीओमा मागभन्दा बढी आवेदन परेकाले आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको थियो । आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

प्रकाशित : 26 February, 2026 10:19 am