काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को माघ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब ११ अर्ब ५ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले १ करोड १५ लाख १३ हजार ३७७ वटा बीमा पोलिसी बिक्री गरी सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । यस कम्पनीले २९ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। नेशनल लाइफले १३ अर्ब ३१ करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले १२ अर्ब ३ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
हिमालयन लाइफले १० अर्ब ४३ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ६१ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ६ अर्ब ६६ करोड १७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ५ अर्ब ५६ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले ४ अर्ब ७३ करोड ९९लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
सानिमा रिलायन्स लाइफले ४ अर्ब २७ करोड ८० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले ३ अर्ब ८६ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ३ अर्ब ७१ करोड ९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ३ अर्ब ४८ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ३ अर्ब २५ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले २ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।






Comment