सरकारद्वारा ४० लाख डलर अनुदान स्वीकार, सार्वजनिक बिदा पनि तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अर्थतन्त्र

सरकारद्वारा ४० लाख डलर अनुदान स्वीकार, सार्वजनिक बिदा पनि तय

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। नेपाल सरकारले आसन्न निर्वाचनका लागि चीन सरकारले प्रस्ताव गरेको ४० लाख अमेरिकी डलरको अनुदान स्वीकार गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

बैठकले चालु आर्थिक वर्षको बजेट र कार्यक्रममा उल्लेख भएअनुसार बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, काठमाण्डौ जिल्ला अदालतका मुख्य न्यायाधीश दीवाकर भट्टलाई उपभोक्ता अदालत काठमाण्डौको अध्यक्षको जिम्मेवारीसहित जिल्ला अदालतको कामसमेत हेर्ने गरी तोकिएको छ।

मन्त्रिपरिषद्ले बीमा ऐन, २०७९ को दफा १४० अनुसारको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

साथै, विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मका सार्वजनिक बिदा पनि बैठकले निर्धारण गरेको छ।

प्रकाशित : १२ फाल्गुन २०८२, मंगलबार १९:४६ 24 February, 2026 7:46 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।