निर्जीवन बीमकको व्यापार १३.९१ प्रतिशतले वृद्धि, ३ अर्ब ८६ करोड बीमाशुल्क संकलन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

निर्जीवन बीमकको व्यापार १३.९१ प्रतिशतले वृद्धि, ३ अर्ब ८६ करोड बीमाशुल्क संकलन



काठमाडौं । निर्जीवन बीमकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को माघ महिनामा ३ अर्ब ८६ करोड २१ लाख रुपैयाँको व्यापार गर्न सफल भएका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ महिनाको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले २ लाख ३६ हजार ७७८ वटा बीमालेख जारी गरेर सो बराबरको बीमा शुल्क संकलन गरेका हुन्।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को माघमा कम्पनीहरुले २ लाख ३२ हजार ३६१ वटा बीमालेख जारी गरेर ३ अर्ब ३९ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा महिनामा कम्पनीहरुको व्यापार १३.९१ प्रतिशतले बढेको छ।

माघ महिनामा शिखर इन्स्योरेन्सले सर्वाधिक व्यापार भित्र्याएको छ भने व्यापार वृद्धिको हिसाबले हिमालयन एरभेष्ट इन्स्योरेन्स अगाडि रहेको छ।

चालु आर्थिक वर्षको माघमा शिखर इन्स्योरेन्सले ५४ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष माघमा कम्पनीले ५४ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनी बनेको छ। चालु वर्षको माघमा कम्पनीले ३७ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष माघमा कम्पनीले ३८ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

त्यस्तै तेस्रो धेरै व्यापार भित्र्याउनेमा नेको इन्स्योरेन्स रहेको छ। चालु वर्षको माघमा यो कम्पनीले ३४ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष माघमा कम्पनीले २८ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

यसैगरी चालु वर्षको माघमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३४ करोड ६४ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ३२ करोड ५१ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३१ करोड ८४ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३१ करोड २५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३० करोड ९३ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले २२ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

चालु आर्थिक वर्षको माघमा ओरिएन्टल इन्स्योरेन्सले १८ करोड ६१ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले १७ करोड ३० लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १६ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

त्यस्तै माघमा प्रभु इन्स्योरेन्सले १३ करोड ३५ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले १० करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

प्रकाशित : 24 February, 2026 12:42 pm