एनआईसी एशिया बैंकका ग्राहकलाई अपोलो हस्पिटलमा १० प्रतिशत छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया बैंकका ग्राहकलाई अपोलो हस्पिटलमा १० प्रतिशत छुट



काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड ९अपोलो हस्पिटल०, नयाँ दिल्ली, भारत बीच यस बैंकका ग्राहक महानुभावहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राजेश रावल र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता अनुसार यस बैंकका ग्राहकले अस्पतालका विभिन्न सेवामा ५ देखि १० प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी, काठमाडौं स्थित अपोलो इन्फर्मेसन सेन्टरमार्फत भर्ना लिने बैंकका ग्राहकलाई नयाँ दिल्लीको एयरपोर्टबाट अस्पतालसम्मको लागि यातायातको थप सुविधा समेत उपलब्ध हुनेछ ।

उक्त सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहुलियत हुने बैंकले विश्वास लिएको छ ।

प्रकाशित : 24 February, 2026 12:19 pm