काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक २७.५९ अंक घटेर २६१४.५५ विन्दुमा झरेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१६ अंक घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार ८ अर्ब ३६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज ३२४ कम्पनीको ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार रुपैयाँबराबरको १ करोड ५९ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सालपा विकास बैंकको शेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य पनि उच्च अंकले बढेको छ । कारोबारमा आएको बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य भने आज सर्वाधिक घटेको छ।
कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ६३ करोड ४२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, रिडी पावर डेभलपमेन्टको साढे ३७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे ३१ करोड रुपैयाँ नाघेको छ।






Comment