सहकारी पीडितलाई राहत दिने एमालेको वाचा, दोषीबाट असुली गरी बचत फिर्ता गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार टिभी

सहकारी पीडितलाई राहत दिने एमालेको वाचा, दोषीबाट असुली गरी बचत फिर्ता गरिने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेकपा एमालेले आफ्नो घोषणापत्रमा सहकारीमा सुशासन र पारदर्शिता ल्याई बचतकर्ताको हित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

साथै समस्याग्रस्त सहकारीका कारण पीडित भएका बचतकर्ताको रकम छिटो, पारदर्शी र उत्तरदायी ढंगले फिर्ता गराउने समेत घोषणापत्रमा उल्लेख छ । सहकारी संस्थामा भएको हिनामिना तथा रकम अपचलनको दोषीमाथि कडा कारबाही गर्दै दोषीबाट असुली हुने व्यवस्थासहित बचत फिर्ता ग्यारेन्टी कोष स्थापना गर्ने समेत घोषणपत्रमा उल्लेख छ ।

त्यस्तै, सहकारी दर्ता, प्रतिवेदन, सूचना प्रणालीलाई पूर्णरुपमा डिजिटल बनाउने, सहकारीको व्यवसायीकरण, ब्रान्डिङ, गुणस्तर र ई–कमर्समार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पहँुच विस्तार गर्ने जनाएको छ ।

प्रकाशित : ७ फाल्गुन २०८२, बिहिबार १८:११ 19 February, 2026 6:11 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।